हिरोइनलाइ टिकेट दिने प्रदीप भारद्वाजको चाहना

  • कालिका खवर
  • आइतवार, भदौ १२, २०७९
  • ( गस्सिप ) , नेपाल सरकारले संघिय र प्रदेश स्तरीय चुनावको लागि मिति घोषणा गरिसकेको छ । हरेक पार्टीमा टिकेटको लागि हानथाप सुरु भैसकेको छ । केहि वर्ष देखि टिकेट बेचिने र किनिने कुरा पनि आएको छ । दलभित्र कार्यकर्ता भन्दा पैसावालाको बोलवाला रहेको भन्दै नेताहरु आलोचित समेत हुने गरेका छन । नेताहरुले टिकेट लुकिछिपी बेच्ने गरेका छन ।

    तर प्रदिप भारद्वाजले भने टिकेट खुलेआम किन्ने भएका छन । उनले अहिले फिल्म हलमा चलिरहेको दुइ फिल्म राधा र प्रकाशका लागि हिरोइनहरुलाई सिनेमाको टिकेट किनिदिने चाहना राखेका हुन । प्रदिप भारद्वाज सफल तथा नेपालकै महँगो फिल्म लेखक हुन । राधा र प्रकाशमा नायिकाद्वय श्रीष्टि श्रेष्ठ र दिया मास्केको अभिनय बाट अत्यधिक प्रभावित हुदै अरु नायिकाले पनि उनीहरु बाट सिक्न जरुरि रहेको उनले बताए । हाल प्रदीप भारद्वाज एकसाथ ४ वटा फिल्म लेखिरहेका छन । गस्सिप ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs