खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न काठमाण्डौ महानगरपालिकाले खाद्य निरीक्षक ‘फुड इन्सपेक्टर’ नियुक्त गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा बन्ने खानेकुरा, तरकारी पसल, मासुको गुणस्तर अनुगमन गर्नेछन् । खाद्य प्रविधि विषयमा स्नातकोत्तर पढेका पाँच जना व्यक्ति करारमा लिने महानगरले जनाएको छ ।