
‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए ।
‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’ गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए । यसैबीच, गोविन्दा र पत्नी सुनिता आहुजाले आफ्नो सम्मान आयोजना गरिएको मिट एन्ड ग्रीट समारोहमा भाग लिए ।