काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकारिणी अधिकार प्रयोग गरी अनधिकृत संरचना हटाएको बताएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले त्यही अधिकार आफूले प्रयोग गरेको बताएका हुन्।
उनले यसरी अनधिकृत संरचना हटाउनु पहिलो र न्यायिक निरूपण त्यसपछिको कुरा भएकोमा पनि जोड दिएका छन्।
कतिपयले अनधिकृत संरचना हटाउनुपूर्व न्यायिक निरूपणको पनि अपेक्षा गर्नु भएको रहेछ। गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारबाही गर्न न्याय निरूपण गरिन्छ,’ शाहको विज्ञप्तिमा भनिएको छ, ‘कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ।’
उनले विधि र प्रक्रिया अपनाएरमात्र मापदण्डविपरीतका संरचना हटाउनुपर्छ भन्नेहलाई जवाफ दिएका छन्- न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।‘
मेयर बालेनको यो विज्ञप्तिमा भनिएजस्तो न्यायिक निरूपणभन्दा पहिले कार्यकारिणीको आदेशले संरचना भत्काउने कुरा कानूनी दृष्टिले गलत भएको अधिवक्ताहरूले तर्क गरेका छन्।