
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका छन् ।
निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए । उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं ।’