काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ छायांकनको एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ ।
छायांकन हेर्न पुगेका सर्वसाधारणले पोस्ट गरेको उक्त भिडियोमा अनमोल जेलबाट रिहा हुँदै गर्दा उनका साथीहरुले स्वागत गरेको देख्न सकिन्छ । भिडियोमा उनको ग्याङस्टर लुक्स पनि स्पष्ट देखिन्छ । लगभग यस्तै दृश्य र शैलीको ‘छक्कापञ्जा ४’को सुटिङ भिडियो पनि टिकटकमा केही साताअघि लिक्ड भएको थियो ।यतिबेला चितवनको भरतपुरमा छड्केको दोस्रो श्रृंखलाको छायांकन भैरहेको छ । फिल्ममा उनले ग्याङस्टर चरित्र निर्वाह गरेका छन् । चितवन र मनाङमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् ।