राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग राष्ट्रपतिको भेटवार्ता

  • कालिका खवर
  • मङ्लबार, भदौ १४, २०७९
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक लगायतबारे विभिन्न दलका नेताहरूसँग भेटवार्ता गरिरहेकी छन्।

    यसै क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका पदाधिकारीहरूसँग पनि राष्ट्रपतिले कुराकानी गरेकी छन्।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे र समसामयिक विषयबस्तुबारे गत आइतबार अध्यक्ष लिङ्देनसहित राप्रपा नेताहरूसँग छलफल गरेकी थिइन्।

    राष्ट्रपतिले छलफलका लागि बोलाएपछि अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, हेमजङ गुरूङ, मुकुन्दश्याम गिरी, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायत शितल निवासमा पुगेका थिए।

    यस्तै राप्रपा महामन्त्रीहरू भुवन पाठक, राजेन्द्र गुरूङ, कुन्ती शाही, प्रल्हाद शाहलगायत पनि शितल निवासमा पुगेर छलफल गरेका थिए। राप्रपा नेताहरूसँग राष्ट्रपतिले करिब दुई घन्टा कुरा गरेकी थिइन्।

    उनले नागरिकता विधेयक सर्वसहमति होस् भनेर आफूले पुन: संसदमै फिर्ता गरेको बताएकी थिइन्। उनले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग नागरिकता विधेयकबारे आफूले परामर्श गरिरहेको पनि बताएकी थिइन्।

    राष्ट्रपतिले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलका नेताहरूसँग सोमबार छलफल गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs