प्राधिकरणको कार्यालयमा बनेको चार्जिङ स्टेशनको उद्घाटन, ५१ ठाउँको काम अन्तिम चरणमा

  • कालिका खवर
  • मङ्लबार, भदौ १४, २०७९
  • ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा निर्माण सम्पन्न भएको विद्युतीय चार्जिङ स्टेशनको उद्घाटन गर्नुभएको छ । विद्युतीय गाडी चार्ज गर्न प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा बनेको चार्जिङ स्टेशन ऊर्जामन्त्री भुसालले आज मङ्गलवार उद्घाटन गर्नुभएको हो ।

    प्राधिकरणले देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन बनाइरहेको छ । प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाले पहिलो चरणमा पूर्वदेखि पश्चिमसम्मका मुख्य सहर र राजमार्गका ठाउँ–ठाउँमा जडान गरिरहेको छ । बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलका, सुनसरी बसपार्क, लहान, बर्दिबास, सिन्धुलीमाडी, खुर्कोट, बनेपा, पथलैया, हेटौँडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरिया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेशन जडान भइरहेको छ ।

    काठमाण्डाै उपत्यकाको साझा पेट्रोल पम्प नजिकै पुल्चोक, बल्खु, स्वयम्भू चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेशन जडान भइरहेको प्राधिकरणले जनाएको छ । चीनको वाङडेङ डिजिटल इनर्जीले ३७ करोड रुपैयाँको लागतमा चार्जिङ स्टेशन जडानको काम गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs