बसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटन मन्त्री श्रेष्ठको निर्देशन

  • कालिका खवर
  • मङ्लबार, भदौ १४, २०७९
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्।

    यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्।

    इन्द्रजात्राको तयारीबारे बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग र स्थानीय संघसंस्थालाई आग्रह गरे।

    नेपालीको गौरवका रूपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रा लगायत महत्वपूर्ण जात्राहरू व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs