यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्न: राजेन्द्र लिङ्देन

  • कालिका खवर
  • मङ्लबार, भदौ १४, २०७९
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्।

    काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।

    मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए।

    निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए।

    चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन्।

    ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’ अध्यक्ष लिङ्देनले भने।

    उनले जनताको हातमा निर्णायकत्व यो चुनावबाट ल्याउनुपर्ने पनि बताएका थिए।

    सीमित राजनीतिक दल र केही नेताले देशलाई सिण्डिकेट र मुठीमा राखेको उनको आरोप थियो।

    उनले कांग्रेस, एमाले, माओवादी कुनै पार्टीको भएर नभई जनताले यो चुनावलाई दलको सिण्डिकेटबाट मुक्त गर्ने अभियानका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs