बयानमा जबरा : अभियोगमाथि जवाफ नदिने, अरुलाई पोल्ने

  • कालिका खवर
  • बिहिबार, भदौ १६, २०७९
  • फागुन एक गते माधव नेपालको मुद्दा (१४ जना सांसदको मुद्दा) थियो । गठबन्धनलाई सिध्याउन खोज्ने, छाती पिटेर यी हामीले महाभियोग ल्याएको हो भन्नुभयो । यी हामीले सिध्यायौं भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नी । यो भन्दा बढ्ता दुःखद के छ र ?

    अभिव्यक्ति २ : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अति शाली अति दुरगामी नेता हुनुहुँदो रहेछ । उहाँलाई सबै सूचना थाहा रहेछ । बदमासी गर्ने न्यायाधीशहरुलाई पनि उहाँले महाअभियोग लिएर आउनु भएन । मैले त हात जोडेको थिएँ, मेरो गल्ती नै भयो । बस्छु भनेका न्यायधीशलाई राख्न सकिएन । बस्दिन भनेका न्यायाधीशहरुलाई राख्नुपर्ने अवस्था भयो । बुधबार करिव साढे ३ घण्टा चलेको पहिलो दिनको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा आफूमाथिको आरोपको प्रतिवादमा केन्द्रित हुनै चाहेनन् । बरु उनले आफ्नो विरोध र आलोचना गर्नेहरुमाथि आक्रोश पोखिरहे । बयान दिन कुर्सीमा बसेदेखिको यो क्रम समितिमा सभापतिले ‘आजलाई धन्यवाद’ नभन्दासम्म कायम रह्यो ।जबराले आफूमाथिको आरोपलाई गम्भिरतापूर्वक लिने, त्यसको प्रमाण खोज्ने र आफ्नो तर्फबाट सक्दो प्रतिवाद गर्ने प्रयास गरेनन् । परिवार र नातेदारको विषयमा उनले गोलमटोल जवाफ दिए । आफ्ना बाबुका सन्तानहरु र उनीहरुका समेत वंशवृक्ष केलाउँदै उनले सबै सन्तान जोड्दा ७७/७८ पुग्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs