मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

  • कालिका खवर
  • शुक्रबार, भदौ १७, २०७९
  • नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

    नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs