नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउने तयारी, होला त प्रमाणिकरण

  • कालिका खवर
  • शनिबार, भदौ १८, २०७९
  • राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

    भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक हिजो राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

    यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधिसभाले विधेयक पास गरेर राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs