नेपालले केन्यालाई दियाे २ सय ३१ रनकाे लक्ष्य

  • कालिका खवर
  • शनिबार, भदौ १८, २०७९
  • दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई दुई सय ३१ रनकाे लक्ष्य दिएकाे छ । नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे ।

    नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।

    तीन खेलकाे शृङ्खलामा नेपाल एक–शून्यले अघि छ । हिजाे शुक्रवार भएकाे पहिलाे खेलमा नेपालले केन्यालाई सात विकेटले हराएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs