![](https://www.kalikakhabar.com/wp-content/uploads/2022/09/IMG_20220903_210641.jpg)
धादिङ जिल्ला प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (क) मा नेकपा एमालेले प्रदेश सभा सांसद को लागि प्रत्येक्ष तर्फ नेत्र पौडेल, सुरेस आचार्य, उद्दव लुईटेल र अप्सरा उप्रेतीको नाम सिफारिस गरेको छ।
पार्टीको केन्द्रिय सल्लाहकार परिसद सदस्य जगन्नाथ नेपाल को प्रमुख आतिथ्यमा धादिङको धार्केमा बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।
बैठकमा पार्टीका प्रदेश कमिटीका नेताहरू जिल्ला कमिटीका नेताहरु, स्थानीय तहका नेताहरु र जनवर्गीय संगठनका नेताहरुको उपस्थित थियो ।
बैठकलाई केन्द्रिय सल्लाहकार परिसद सदस्य जगन्नाथ नेपाल, नेत्र पौडेल लगायतले सम्बोधन गरेका थिए।