‘फोहोर व्यवस्थापनमा सोचेजस्तो भएन, तर समस्याको दिगो समाधानको बाटो मोडिने छैन’

  • कालिका खवर
  • आइतवार, भदौ १९, २०७९
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन् ।

    मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसाग पााच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।

    उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।’उनले अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने कामबाट पछि नहट्ने दृढता व्यक्त गरेका छन् । नर्भिक अस्पताल लगायतले निर्माण गरेका अनधिकृत संरचना हटाएको विषयमा उनले लेखेका छन्, ‘जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रुपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs