नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन समन्वय कमिटीकाे आइतवारकाे बैठकले प्रत्यक्षतर्फ गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो । सिफारिस भएका नाम आवश्यक रायसहित प्रदेश कमिटिमा पठाइने एमालेले जनाएको छ ।