चितवन ३ (क) मा एमालेबाट युवा नेता प्रकाश भट्ट सिफारिस

  • कालिका खवर
  • सोमवार, भदौ २०, २०७९
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनका इन्चार्ज प्रकाश भट्टले चितवन ३ क बाट प्रदेश सांसदको उम्मेद्वार बन्न आवेदन दिएका छन् । उनले आज क्षेत्रीय समन्वयन कमिटीमा आवेदन दिएका हुन् ।

    भट्ट अनेरास्ववियु स्थायी कमिटी सदस्य र केन्द्रीय आर्थिक विभाग उपप्रमुख समेत हुन् । भट्ट युवा विद्यार्थी माझ लोकप्रीय छन् । अब युवाहरुलाई चुनावमा टिकट दिएर युवाहरुलाई पनि अवसर दिनुपर्ने भट्टले चितवन आजलाई बताए ।

    विद्यार्थी आन्दोलनको हरेक मोर्चामा भट्ट अग्र स्थानमा रहेर सशक्तरुपमा प्रतिवाद गर्न सक्ने युवा नेताका रुपमा परिचित छन् । नेकपा विभाजनको अवस्थामा विद्यार्थीहरुलाई एकतृत गरी ओली पक्षमा ल्याउन भट्टले ठूलो भूमिका खेलेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs