युवाहरु बाटनै समाज देखि राष्ट्र सम्म र राष्ट्र देखि देश सम्म सकारात्मक परिवर्तन हुन्छ:प्रहरी निरिक्षक मल्ल

  • कालिका खवर
  • सोमवार, भदौ २०, २०७९
  • वीरगंज – परिवर्तन नेपाल फाउन्डेसन र वडा प्रहरी कार्यालय, विर्ताकाे संयुक्त आयाेजनामा लागू औषधी, अपराध नियन्त्रण तथा सामाजिक सञ्जाल नियन्त्रण बारे सचेतना कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

    प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजकाे रेल्बे राेडस्थित रहेकाे देव पार्टी प्यालेसमा भएकाे कार्यक्रममा विभिन्न विद्यालय र क्लेजमा अध्यनरत विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियो ।

    कार्यक्रममा वाेल्ने वक्ताहरुले समाजमा विकृति हुनुको कारण नै आजको युवा/युवतिहरु लागू औषधी सेवन गर्नु रहेकाे वताएका थिए । वक्ताहरुले आजको युगमा धेरै युवा/युवतिहरु लागु औषध सेवन गर्नमा लाग्नु चिन्ताकाे विषय भएकाे वताए ।

    युवा भनेको देशको कर्णधार हुन ,घरको उज्यालो हुन, आमा बुवाको सपना हुन । त्यसैले युवाहरु बाट नै समाज देखि राष्ट्र सम्म र राष्ट्र देखि देश सम्म सकारात्मक परिवर्तन हुन्छ । सोका निम्ति यस्ता कुलतबाट आफू सुरक्षित बसी अरूलाई पनि सुरक्षित राख्नु पर्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले वताए ।

    उनले भिडियो प्रस्तुत मार्फत संक्षिप्तमा व्याख्या गरी यस कार्यक्रमलाई ऊर्जावान, नाशा मुक्तको नारासहित निकै प्रभावशाली र लाभदायक बनाउनु भएकाे परिवर्तन नेपाल फाउन्डेसनका सचिव बिशेष साहले जानकारी दिए ।

    सोही कार्यक्रममा हेरिटेज माध्यमिक विद्यालय, इम्पेरियल कलेज, मेरिगोल्ड माध्यमिक विद्यालय, शिक्षा इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका शिक्षक, शिक्षिका, समाजसेवी युवा /युवतीहरुकाे पनि उपस्थिति रहेको थियो । कार्यक्रम परिवर्त नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवालकाे अध्यक्षतामा भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs