चीनमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुग्यो : १६ जना अझै बेपत्ता

  • कालिका खवर
  • मङ्लबार, भदौ २१, २०७९
  • चीनमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।

    भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।

    भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको ज्यान गएको छ ।

    भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs