एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

  • कालिका खवर
  • मङ्लबार, भदौ २१, २०७९
  • एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।

    सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् ।

    भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि आइतवार प्रतिस्पर्धा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs