अग्रिम बुकिङमा ब्रम्हास्त्रको कीर्तिमान, आरआरआर पछि पर्‍यो

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • रणबीर-आलिया स्टारर फिल्म ब्रह्मास्त्र आगामी शुक्रबारबाट रिलिज हुँदैछ।

    फिल्मको अग्रिम बुकिङ भदौ १७ गते शुक्रबारबाट सुरू भएको हो। अग्रिम बुकिङमा ब्रम्हास्त्रले कीर्तिमानी बुकिङ गरेको छ।

    पछिल्लो समय दुई ठूला बजेटका सिनेमा चल्न नसकिरहेको बेला ब्रम्हास्त्रले यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने देखिएको छ।

    फिल्मको पहिलो दिनका लागि ३ वटा राष्ट्रिय चेनमा १ लाख ५० हजारभन्दा बढी टिकट अग्रिम बिक्री भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    पहिलो दिनसँगै ब्रह्मास्त्रको सप्ताहन्तको टिकट पनि तिव्र रूपमा बिक्री भइरहेको छ। विकेन्डका लागि अहिलेसम्म फिल्मको २ लाख टिकट अग्रिम बिक्री भइसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    कोरोनाको समयदेखि नै बलिउड फिल्मले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकिरहेका छैनन्। यसअघि, सबैभन्दा ठूलो ओपनिङ फिल्म ८३ को थियो, जसले पहिलो दिन १ लाख १७ हजार टिकट बिक्रि भएको थियो। यस्तो अवस्थामा ब्रह्मास्त्रले यो रेकर्ड सजिलै तोड्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs