सन्दीपले मागे क्यानसँग कानुनी सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ २३, २०७९
  • राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।

    क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लका अनुसार सन्दीपसँग क्यानले सम्पर्क गरेको छ। जसमा सन्दीपले कानुनी उपचारका लागि क्यानबाट सहयोगको अपेक्षा गरेका छन्।

    हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।

    क्यानलाई सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए।

    सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

    यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका तत्काल केही छानबिन नगर्ने बताइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs