‘झिंगेदाउ’ हेरेपछि राजेश हमाल : मैले आमालाई भयंकर मिस गरेँ

  • कालिका खवर
  • बिहिबार, भदौ २३, २०७९
  • मुनामदन’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिंगेदाउ’ले बक्सअफिसमा सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । फिल्म हेरेकाले यसलाई ‘अर्गानिक’ भन्दै प्रशंसा गरेका छन् ।

    सहर केन्द्रित मल्टिप्लेक्सले शोज संख्यामा केही वृद्धि गरेका छन् । बुधबार बेलुका यसलाई वरिष्ठ निर्देशक नीर शाह, तुलसी घिमिरे, अभिनेताहरु राजेश हमाल, सरोज खनाल, कृष्ण मल्ल, शिव श्रेष्ठले पनि हेरे ।

    हमालले फिल्म हेरिरहँदा आफूले दिवंगत आमा रेणु हमाललाई स्मरण गरेको बताए । ‘मैले आमालाई भयंकर मिस गरेँ’ उनले भने, ‘चाहे हाम्री आमा अहिले हुनुहुन्छ या हुनुहुन्न । जरुरी छैन कि आमा हामीबाट छुट्टिएर बस्नुभएको छ । आमासँगै भएपनि यसले हाम्रो कर्तव्यलाई कता-कता झक्झक्याउँछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs