काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सेयर जारी गर्दै

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।

    कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य शाक्यले जानकारी दिनुभयो । लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उहाँको भनाइ छ ।

    हाल केयूकेएलले दैनिक करिब आठ करोड लिटर पानी वितरण गर्दै आएको छ । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप भएपछि अहिले केयूकेएलले दैनिक २५ करोड लिटर पानी वितरण सुरु गरेको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७÷१७ करोड लिटर पानी थप भएपछि केयूकेएलले दैनिक ५१ करोड लिटर पानी वितरण गर्नेछ ।

    जसको कारोबार हालको भन्दा करिब सात गुणा बढी हुनेछ । मेलम्ची आइसकेपछि केयूकेएलप्रति आमउपभोक्ताको धारणामा सकारात्मक परिवर्तन हुने अनुमान केयूकेएलको छ । पानी पर्याप्त भइसकेपछि समय तालिकाअनुसार वितरण नियमित र प्रभावकारी हुनेछ । जसले गर्दा कम्पनीको नाफा बढ्न गई आकर्षण पनि बढ्ने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र शाक्यको दाबी छ ।

    केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि सेयर जारी गर्छौं,” शाक्यले भन्नुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs