सिट बाडफाड्को जिम्मा सिर्श नेतालाई

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुंगो नलगाई अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि सहमति खोज्न शीर्ष नेताहरूले आजदेखि छलफल गर्ने भएका छन्।

    गत साउन २० मा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताले सिट बाँडफाँट कार्यदल गठन गरेका थिए।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटबारे क्षेत्रगत रूपमा मसिनो गरी छलफल गरे पनि कुन दलले कति सिट लिने भन्ने सहमति गर्न सकेको थिएन।

    कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब शीर्ष नेताहरूले नै सिट बाँडफाँटबारे टुंगो लगाउने बताए।

    उनकाअनुसार शुक्रबार अपरान्ह ३ बजे बालुवाटारमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू छलफलमा जुट्नेछन्।

    सिटौला नेतृत्वको कार्यदलले अहिलेसम्म सहमति गरेका करिब ९० क्षेत्रबारे शीर्ष नेताहरूलाई बिहीबार जानकारी गराएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs