विवादित चार्ल्सको काँधमा बेलायती राजतन्त्रको विरासत

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • बेलायती महारानी एलिजावेथ द्वितीयको निधनलगत्तै उनका जेठा छोरा ७४ वर्षीय चार्ल्सलाई सिंहासन हस्तान्तरण गरिएको छ।

    एलिजावेथको उत्तराधिकारीका रूपमा गद्दी हस्तान्तरण भए पनि विभिन्न प्रक्रिया सकिएपछि मात्र उनी औपचारिक राजा बन्ने छन्। वेल्सका राजकुमार चार्ल्स अब राजा चार्ल्स तृतीयका रूपमा चिनिने बिबिसीले जनाएको छ।

    बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चार्ल्सले लामो प्रतीक्षा गर्नुपर्‍यो। चार वर्षको उमेरमा उत्तराधिकारी घोषित भएका उनले राजा बन्न ७० वर्ष कुर्नुपर्‍यो। उनी बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न आइपुगेका छन्।

    एलिजावेथ द्वितीय २५ वर्ष उमेरमा बेलायतकी महारानी भएकी थिइन्। संसारभरि बेलायतको आधिपत्य हुँदादेखि ब्रेक्जिटका कारण अनिश्चित भविष्यको स्थितिमा आउँदासम्म उनले शाही परिवारको गौरवशाली साख कायम राखिन्। आलोचित विगत रहेका चार्ल्सले त्यो साख कसरी जोगाउलान् भन्ने अहिले सर्वत्र चासोको विषय बनेको छ।

    डायनासँगको सम्बन्ध बिच्छेद र पछि कार दुर्घटनामा डायनाको निधन लगायत कारणले चार्ल्स विवादित थिए। सन् १९९० दशकको मध्यतिर केही आलोचकले उनलाई राजा स्वीकार गर्न नसकिने आवाज उठाए। चार्ल्सभन्दा उनका बेदागी छोरा विलियम्सलाई महारानीको उत्तराधिकारी घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।

    सन् १९९१ मा सर्वेक्षण गर्दा चार्ल्स असल राजा हुनेमा ८२ प्रतिशत जनता विश्वस्त थिए। सन् १९९६ को सर्वेक्षणले भने ४१ प्रतिशत जनताले मात्र चार्ल्सलाई राम्रो उत्तराधिकारी माने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs