नबराज थापा, आइत बहादुर कामी  सहित दर्जनौं  युवाहरू राष्ट्रिय नागरिक पार्टी  प्रवेश

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको लहर लागेको छ । नेपाली काङ्ग्रेस  पार्टी छाडेर नबराज थापा, आइत बहादुर कामी  सहित चितवनका दर्जनौं  युवाहरू राष्ट्रिय नागरिक पार्टी  प्रवेश गरेका छ्न । शनिबार  पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा युवाहरु प्रवेश गरेका हुन ।                            युवाहरुलाई पार्टीका महामन्त्री बि.बि. थापाले भित्र्याएका हुन । पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बन्दै गएको महामन्त्री थापाले बताए । शनिबार  पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा युवाहरु प्रवेश गरेका हुन ।                                                                      देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs