काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको लहर लागेको छ । यसै बिच काभ्रे जिल्लाका जीवन कार्की पनि शनिबार पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका हुन् । र आउँदो मङ्सिर ४ गते हुँदै गरेको चुनावमा काभ्रे जिल्ला क्षेत्र नम्बर १ बाट प्रदेश उमेदवार उठ्ने कार्कीले बताए । पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बन्दै गएको महामन्त्री थापाले बताए ।
देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।