काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको लहर लागेको छ । यसै बिच दोलखा जिल्लाका कृष्ण बहादुर क्षेत्री शनिबार पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका हुन् । र आउँदो मङ्सिर ४ गते हुँदै गरेको चुनावमा दोलखा जिल्लाबाट प्रदेश समानुपातिक उमेदवार उठ्ने क्षेत्रीले बताए । पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बन्दै गएको महामन्त्री थापाले बताए ।
देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।