सिन्धुपाल्चोक  जिल्लाबाट प्रदेश समानुपातिक  उमेदवार उठ्दै पराजुली

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको लहर लागेको छ । पछिल्लो समय राजनीतिकमा  युवाहरूको ध्यानाकर्षण बढ्दै गएको छ । सिन्धुपाल्चोक जिल्लाको नवराज पराजुली  पनि शनिबार पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका हुन्  । र आउँदो मङ्सिर ४ गते हुँदै गरेको चुनावमा सिन्धुपाल्चोक  जिल्ला चौतारा साघाचोकगढी नगरपालिका, क्षेत्र न २ क बाट प्रदेश समानुपातिक  उमेदवार  उठ्ने  पराजुलीले बताए । नवराज पराजुली नेपाली रंगमञ्चको कलाकार पनि हुन् ।  पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बन्दै गएको महामन्त्री थापाले बताए ।

    देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs