सिरहा- २ सहित प्रचण्ड ७ क्षेत्रबाट उम्मेदवार सिफारिस

  • कालिका खवर
  • शनिबार, भदौ २५, २०७९
  • आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुंगो लगाएको छ।

    सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ।

    माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेको छ।प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खड्गनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ। प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ।

    निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs