एमाले धादिङ-काठमाडौं सम्पर्क मन्चको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • काठमाडौं । नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चको
    विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा उक्त विस्तारित बैठक, प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमको प्रमुख अतिथिमा एमालेका स्थायी समिति सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. पुष्प कडेल, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, सम्पर्क समन्वय कमिटीका सदस्य राम प्रसाद रिमाल, प्रदेश कमिटी सदस्य उमेश थापा, अनुसाशन आयोगका सदस्य रण कुमारी बलमपाखि मगर लगायतको उपस्थित रहेको थियो  । त्यस्तै, कार्यक्रमको अध्यक्षता संजिव पाण्डेले गरेका थिए ।
    कार्यक्रमको सञ्चालन कमल थापा मगरले गरेका थिए भने स्वागत मन्तव्य अर्जुन तिमिलसेनाले गरेका थिए । कार्यक्रममा प्रतिनिधि मुलक ढंगबाट करिब एक सय पचास जनाको उपस्थिती रहेको थियो ।

    उक्त कार्यक्रमले संजिव पाण्डेको संयोजकमा पाच सय एक जना निर्वाचन जन परिचालन कमिटी गठन गरेको छ र आगामि अशोज ८ गते शनिवार वडा दशै, दिपावलिको अवसर पारेर शुभकामना आदन प्रदान तथा निर्वाचन केन्द्रित भव्य भेला गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs