पशुपतिनाथको दर्शन गर्दै हेर्नुहोस, भाद्र २६ गते आइतबारको राशिफल

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • काठमाडौं । आज मिति २०७९ भाद्र २६ गते तदनुसार २०२२ सेप्टेम्बर ११ आइतबार  ।   मेष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेममा धोका पाइने योग छ। साथीभाइको सहयोग मिल्नेछ। स्वदेशमै गरेको कामबाट सफलता मिल्नेछ।

    वृष : आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। अभिभावकको सल्लाह लिएर गरेको कामले ठूलो लाभ मिल्नेछ।

    मिथुन : सोचेर काम गर्नुपर्ने देखिन्छ। झूठा आरोप लाग्नसक्छ। दाम्पत्य जीवन सुखमय छ। व्यापारमा फाइदा छ।

    कर्कट : ठूला योजनामा हात नहाल्नुहोला। विदेशमा गरेको श्रमबाट फाइदा मिल्नेछ। भूमिको कारोबारमा राम्रो हुनेछ।

    सिंह : प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। मानसम्मान बढ्नेछ।

    कन्या : लुकाएर राखेको धन खर्च गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ।

    तुला : अनावश्यक झमेला आइपर्न सक्छ। असन्तुष्टिहरु देखिन्छन्। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। शत्रु नाश हुनेछन्।

    वृश्चिक : दैनिकी आनन्दले चल्नेछ। आफूले मान्नुपर्नेहरुबाट सल्लाह लिएर मात्र अघि बढ्नुहोला। दुर्घटनाको जोखिम भएकाले बहान चलाउँदा सचेत हुनुहोला।

    धनु : सोचेका काममा बाधा आउँनेछन्। पठनपाठनमा आलश्य बढ्नेछ। राजनीतिमा फाइदा मिल्नेछ।

    मकर : साथीभाइबाट सहयोग मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

    कुम्भ : खर्च बढ्नेछ। साथीभाइ रुष्ट हुनेछन्। आफ्नो दैनिक कामबाट सन्तुष्टि मिल्नेछ।

    मीन : सोचेका काम अगाडि बढ्नेछन्। बौद्धिक मानिससँगको साथ नछोड्नुहोला। एक्लै अगाडि बढ्नु घातक हुने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs