मोहनमायालाई स्थानीयको प्रश्न : कब्जा गरिएका संरचनामा डोजर चलाउने हिम्मत छ ?

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • बिहान ७ बजेको थियो । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल कार्यकक्षमा फाइल पल्टाउँदै थिइन् । ढोका बाहिर थिए, उनका एक सहयोगी । पालिका भवन परिसर सुनसान थियो ।

    ‘बिहान ५ बजे उठ्छु, ६ बजेसम्म फ्रेस भएर कार्यालयतिर आइहाल्छु । बेलुका ९-१० बजे घर पुग्छु । यसरी नै बिते क्यारे, सय दिन पनि’, गत जेठ १० गते पदभार ग्रहण गरेकी मेयर ढकालले आफ्नो सय दिने व्यस्ततालाई यसरी सुनाइन् । मेयरको व्यस्तताले एक सय दिनमा वीरेन्द्रनगरले के उपलब्धि हाँसिल गर्‍यो त ? यिनै प्रश्न बोकेर हामी ढकालको कार्यकक्षमा पुगेका थियौं । जवाफमा ढकालले भनिन्, ‘सस्तो लोकप्रियताको पछि लागेको छैन । हरेक क्षेत्रको डिप्ली स्टडी भैरहेको छ । दीर्घकालीन महत्व राख्ने परिणाममुखी काम गर्दैछौं । नतिजाको लागि, पर्ख र हेर भनेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs