नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।
एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।