७०/८० सिट लिएर कांग्रेसको बहुमत आउँदैन, १०० सिट लिनुपर्छ: शेखर कोइराला

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले १०० वटा प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

    कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै कोइरालाले १०० भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए।

    मैले १०० सिटमा उम्मेदवारी दिनुपर्छ भनिरहेको छु। सत्ता गठबन्धनका बैठकमा शेरबहादुरजी र हाम्रा साथीहरू धेरै सिट लिन लडिरहनुभएको छ,’ मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘कांग्रेस एक्लैले जितेका प्रतिनिधि सभा र प्रदेश सभाका क्षेत्र हामी छाड्दैनौं भनेर मैले प्रचण्डजीलाई पनि भनिसकेको छु।’

    कांग्रेसले २०७४ मा एक्लै जितेका क्षेत्र यसपालि छाड्ने हो भने पार्टीभित्र विद्रोह हुन सक्ने पनि आफूले देउवासँगको भेटमा बताएको कोइराला सुनाउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs