लगनखेलकाे मञ्जुश्री पेट्राेल पम्प हटाइँदै, भत्काउन थालियाे

  • कालिका खवर
  • आइतवार, भदौ २६, २०७९
  • ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन सुरु गरेको छ । केहीबेर अगाडि सिल गरेर भत्काउने प्रक्रिया थालिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । डोजर लगाउँदा पेट्रोल पम्पमा आगलागीको जोखिम हुने भएकाले हातले नै भत्काउन थालिएको उहाँले बताउनुभयो ।

    महानगरकै जग्गामा मापदण्ड विपरीत बनाइएकाे पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियानअन्तर्गत यो पेट्रोल पम्प पनि हटाउन थालिएको उहाँले बताउनुभयो ।

    महानगरका मेयर चिरीबाबु महर्जनसहितको टोली लगनखेल पुगेर पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराएपछि भत्काउन सुरु गरिएको हो । मापदण्ड विपरीत बनाइएको यो पेट्रोल पम्प सञ्चालनमा रहेको संरचना हटाउनका लागि महानगरले पटक–पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि महागर आफैँले भत्काउन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs