माओवादी पार्टी त्यागी  कार्की, राष्ट्रिय नागरिक पार्टी प्रवेश

  • कालिका खवर
  • सोमवार, भदौ २७, २०७९
  • काठमाडौ । राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा विभिन्न पार्टी छाडेर  राष्ट्रिय नागरिक पार्टी प्रवेश गर्ने युवाहरूको सङ्ख्या बढ्दो रहेको छ । यसैबीच शनिबार धादिङ क्षेत्र नम्बर 2 का पूर्व माओवादीका लडाकु जीवन कार्की, बाबुराम कार्की  माओवादी पार्टी त्यागी राष्ट्रिय नागरिक पार्टी मा केन्द्रीय सदस्यमा  पार्टी प्रवेश गर्नु भएको पार्टीको महामन्त्री बि.बि. थापाले बताए ।

    एम सि सि र एस पि पि जस्ता रास्ट्रघाती सम्झौताको बिरोध गर्दै स्वतन्त्र युवाहरुले स्थापना गरेको राष्ट्रिय नागरिक पार्टी युवा, विद्यार्थी, किसान तथा मजदुरहरुको केन्द्र बन्दै गएको छ ।                                                देश र जनताको हितको लागि काम गर्ने उदेश्य बोकेर राजनितिकमा आएका राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बि.बि . थापालाई हजारौं युवाहरूको साथ मिलेकोले आफू अत्यन्त खुशी रहेको बताएका छन् । राम्रो काम गर्नेलाई सबैको साथ मिल्ने बिश्वासका साथ अघि बढ्ने महामन्त्री बि.बि. थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs