चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

  • कालिका खवर
  • सोमवार, भदौ २७, २०७९
  • चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ । उहाँ नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम छ ।

    भोलि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ । लीले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँले एमाले अध्यक्ष  केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

    चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता नेपाल आउन लाग्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs