विश्व पर्यटन दिवसको दिन रचनात्मक कार्यक्रम गर्ने

  • कालिका खवर
  • मङ्लबार, भदौ २८, २०७९
  • काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, पर्यटन विभागको प्रथम बैठक संघका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता, महासचिव क्षितिज थेवेको विषेश आतिथ्यता, विभागीय प्रमुख मोदनाथ सिलवाल(सन्तोष)को अध्यक्षता र विभागीय सचिव ओमराज श्रेष्ठको संचालनमा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सम्पन्न भएको छ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले विभागको गतिविधि पर्यटनको माध्यमबाट राष्ट्रिय पुजीमा केन्द्रीत हुनुपर्ने खालको बताए। साथै विभागले जनसरोकारका विषयहरूमा र पर्यटन विकास सम्बन्धिका अवधारणाहरुमा केन्द्रीत हुनुपर्ने बताए।

    बैठकमा विषेश आतिथ्यता गरेका गरेका संघका महासचिव क्षितिज थेवेले संघको र विभागीय कार्यक्षेत्रको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए भने नवनियुक्त विभागीय सदस्यहरूलाइ सफत ग्रहण गराएका थिए। सफत खानेहरुमा सदस्यहरू हिमसीखर मल्ल, रामकुमार पुरी, पवन भट्टराई, राजकुमार मैनाली, शुवास विष्ट, दिपेश सुधाकार, सारदा आचार्य, पेश्चल खतिवडा, सुशील आलेमगर, इन्द्रकुमार न्यौपाने र प्रदिप शिंखडा छन्।

    बैठकले विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको छ। बैठकको समापन पश्चात् संघका पुर्व अध्यक्ष तथा इन्चार्ज कमरेड महेश बस्नेतले विभागलाई उत्साह थप्ने गरि आफ्नो उपस्थिति जनाएको विभागीय सचिव ओमराज श्रेष्ठले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs