एमाले चितवन – काठमाडौं सम्पर्क मन्चको आयोजनामा रक्तदान सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, भदौ २८, २०७९
  • काठमाडौं । नेकपा एमाले चितवन काठमाडौं सम्पर्क मञ्चको आयोजनामा नेकपा एमालेको पार्टि कार्यालय च्यासल ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    डेङ्गुको कारण देशमा सिर्जित हुनसक्ने रगत अभावको जोखिमलाई न्यूनिकरण गर्न सबैले आफ्नो तह र तप्काबाट रक्तदान कार्यक्रम गर्नुपर्ने र पार्टिले समेत देशमा हुनसक्ने रगत अभावलाई गम्भिर रुपमा लिन सकोस भन्ने हेतुले पार्टि कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको चितवन काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र कडेल (आर.सी.) ले बताउनु भएको छ ।
    उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले महत्वपूर्ण समयमा राम्रो कार्य गर्नु भएको हुँदा सिङ्गो सम्पर्क मञ्च टिमलाई धन्यवाद दिनु भएको थियो ।
    रक्त्तदान जिवनदान भन्दै प्रमुख अतिथीले कार्यक्रमको सुरुवात गर्नू भएको थियो भने कार्यक्रममा सम्पर्क समन्वय कमिटि संयोजक श्याम कुमार बस्नेत सल्लाहकार समिति सदस्य रामहरी सिलवाल लगायत ३४ जनाले रक्तदान गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs