वडाअध्यक्ष अग्रवालद्वारा अतिक्रमित संरचना भत्काउँदै

  • कालिका खवर
  • बुधबार, भदौ २९, २०७९
  • वीरगञ्ज –  वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश अग्रवालको सक्रियता यतिबेला तीव्र रुपमा देखिन थालेको छ ।फुटपाथ अतिक्रमणका कारण वर्षौदेखि सास्ती खेप्दै आएका सो वडाका बासिन्दाले अब समस्याको निकास पाउने भएका छन् ।

    सो वडाअन्तर्गत पर्ने मिनाबजारको नाला र सडकमाथिको अतिक्रमण हटाउने अभियान थालिएको वडाअध्यक्ष अग्रवालले बताए ।बुधबार विहान वडाध्यक्ष जयप्रकाश अग्रवालको सक्रियतामा मिनाबजारस्थित  नालामाथिको अतिक्रमण हटाउने अभियान थालिएको हो । सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइने उनले बताए ।

    सार्वजनकि स्थल अतिक्रमण गरेर आम जनतालाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । साघुँरो बाटो र नालाको उचाई समान बनाएर बाटो फराकिलो बनाउन लागिएको छ । यसमा कसैको अवरोध सह्य नहुने वडाध्यक्ष साहले भने । सडककै उचाईमा नालामाथि स्लेब हाल्ने योजना वडा समितिले बनाएको छ

    यसको लागि बजेट समेत विनियोजन भइसकेको छ । वीरगञ्जमा फुटपाथ र नाला अतिक्रमण गर्ने प्रवृत्ति समस्याको रुपमा रहेको छ । केहीले नालामाथि नै पिलर हालेका छन् । नालाको पर्खालमाथि नै घर निर्माण गरेका छन् । जसले गर्दा मिनाबजारको सडक झन साँघुरो भएको छ । केही दिनमै यस्तो अतिक्रमण हटाउने योजना बनाएको वडाध्यक्ष साहले सुनाए ।

    अतिक्रमणले नाला सरसफाईमा समेत कठिनाई हुने गरेको छ । जसले गर्दा वर्षातको पानीले निकास पाउँदैन । ‘एक इन्च अतिक्रमण पनि सैह्य हुने छैन् । जसले पनि नाला अतिक्रमण गरेको छ, त्यसमाथि सीढी बनाएको छ, वडा भरि नै त्यस्तो अतिक्रमण तोडफोड गरि हटाउने छौँ, यसमा वडावासीको साथ र सहयोग रहने विश्वास छ,’ उनले भने ।

    वडा नम्बर ६ स्थित मेन रोडमा रहेको ओम रेसिडेन्सी होटलले आफ्नो अगाडिको फुटपाथ पनि भत्काएको छ । होटलले फुटपाथको उचाई बढाएर निर्माण गरेको थियो । होटलको यो कार्यका कारण गर्दा पैदल यात्रीलाई कठिनाई हुने गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs