
दोलखा जिल्ला मेलुङ गाउपालिका १ निवाशी मिराज धनुके बिहीवार राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका छन । नेकपा एमालेका सक्रिय युवा धनुकेलाई नागरिक पार्टीका महामन्त्री बि. बि. थापा प्रवेश गराएका हुन ।
काङ्ग्रेस, एमाले, माओवादी जस्ता पार्टीमा मुलुक परिवर्तन नहुने भन्दै धनुके नागरिक पार्टी प्रवेश गरेका हुन । बाग्मती सम्पर्क कार्यलय बसुन्धारामा खादा लगाएर प्रवेश गरेका धनुके बागमती प्रदेश समानुपातिकमा उम्मेद्बारी दिने भएका छन ।
महामन्त्री थापाले भने “बागमती प्रदेश समानुपातिकमा उम्मेद्बारी दिन इच्छुक सम्पुर्ण प्रदेशबासीहरुले नागरिक पार्टीलाई अनुरोध गर्नु होला ।” थापाले थपे `उम्मेद्बारी दिन इच्छुक महिलालाई बिशेश प्राथमिकता दिइने छ । उम्मेद्बारी दिन चाहानेले आफुलाई ९७४१८४१३९२ सम्पर्क गर्न अनुरोध गरे ।