संस्कार समाजले बाड्यो न्यानो कपडा र दक्षिणा

  • कालिका खवर
  • शुक्रबार, अशोज ७, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालले नेपालीहरुको महान पर्व विजया दशमी २०७९ को पूर्वसन्ध्यामा राजधानीमा न्यानोलुगा र दक्षिणा वितरण गरेको छ ।
    जाडो मौसमसमेत नजिकिदै गर्दा राजधानीमा विपन्न वर्गलाई लक्षित गर्दै उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष पशुपति गुरुङले बताउनु भयो ।
    संस्थाको नियमित श्रृङ्खलाको १६९ औं श्रृङ्खलाका रुपमा अध्यक्ष गुरुङका स्वर्गिय माता, पिताको सोह्रश्राद्धको अवसर पारेर महाकाल मन्दिर परिसरमा रहेका विपन्न तथा असहायहरुका लागि न्यानो लुगा तथा दक्षिणा वितरण गरिएको बताउनु भयो ।
    काठमाडौं महानगरपालिका वडा नं. २६ का वडा सदस्य रुपा नेपालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
    कार्यक्रममा जनसेवाप्रहरीको समेत सहभागिता रहेको कार्यक्रमको उदेश्यबारे बताउदै अध्यक्ष गुरुङले भन्नु भयो ‘अहिलेको परिस्थिति त्यति राम्रो छैन । यो समयमा आफ्नो ठाउँबाट आफूले सकेको सहयोग गर्नु पर्छ भन्ने लागेर यो कार्यक्रम गरेका हौं ।’

    No description available.

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs