समाजसेवी कार्कीद्वारा ६० विद्यार्थीलाई न्यायो कपडा वितरण

  • कालिका खवर
  • शुक्रबार, अशोज ७, २०७९
  • काठमाडौं । समाजसेवी हेमन्तकुमार कार्कीले श्री महेन्द्र शान्ती मा.वि. बालकोटमा ई, सि, डी, कक्षा १ र २ का ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
    वरिष्ठ साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेको ९१ औं जन्मोत्सवको अवसरमा समाजसेवी कार्कीलाई भद्रकुमारी घले सेवा सदनले विशेष समाजसेवी तथा शिक्षासेवीका रुपमा अभिनन्दन गरेको थियो ।
    उक्त अभिनन्दन मार्फत प्राप्त गरेको पाँच हजार पुरस्कारमा आफ्नो खर्च कटाएर जम्मा गरेको रकम थप १८ हजारको न्यायो कपडा विद्यार्थीलाई वितरण गरेका हुन् ।
    लामो समयदेखि शिक्षासेवीका रुपमा समेत परिचित कार्कीले आउँदै गरेको दशैं तिहार तथा जाडोयामलाई लक्षित गरी विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेका हुन् । शिक्षाप्रतिको आफ्नो मोह र समाजमा सहयोगी भावना कायम गर्नुपर्छ भन्ने आफूलाई लागेको भन्दै समाजसेवी कार्कीले साना नानीबाबुहरुलाई न्यायो कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । स्मरणरहोस्, कार्कीले लाखौंको छात्रबृत्तिको स्थापना गरेका छन् भने अक्षयकोषको समेत स्थापनागरी शिक्षामा निरन्तर सेवा पु¥याउदै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs