अण्डरग्राउण्ड दोहोरी व्यवसायीहरुलाई संघद्धारा सहायता रकम प्रदान

  • कालिका खवर
  • बिहिबार, अशोज १३, २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थित गर्ने अभियानबाट विस्तापित भएका दोहोरी व्यवसायीहरुलाई राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले सहायता प्रदान गरेको छ ।

    मंगलबार संघको कार्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा सल्लाहकार मनोनयन कार्यक्रमका बीच विस्थापित भएका प्रत्येक दोहोरीलाई रु। ५०,०००/- का दरले सहायता रकम हस्तान्तरण गरेको हो । दोहोरीहरुलाई सहायता रकम हस्तान्तरण गर्दै व्यवसायी संघका संरक्षक हिक्मत शेरचनले संघको निर्णयको प्रशंसा गरे । त्यस्तै कार्यक्रम संघको सल्लाहकारमा मनोनित भएका निवर्तमान अध्यक्ष रिम खत्री, चुडा बहादुर कार्की, राजु थापा, शंकर गुरागाई, प्रेम श्रेष्ठ लगायतले संघको निर्णयले आम व्यवसायीलाई संघको अपनत्व अनुभूति भएको बताएका थिए । यस्ता परिस्थितिहरुसंग जुध्नका लागि नेतृत्वले जुन निर्णय गर्यो, त्यो अत्यन्तै सह्राहनीय छ भन्दै निवर्तमान अध्यक्षसमेत रहेका सल्लाहकार रिम खत्रीले यसले व्यवसायीहरुको राहत महसुस हुने बताउनु भयो ।

    संघका अध्यक्ष गुणराज खनालले व्यवसायीहरुको हरेक अप्ठ्यारोमा संघको उपस्थिति हुने भन्दै यो कार्यक्रम पनि व्यवसायीहरुलाई संघको दायित्वबोध गराउने र चाडपर्वको मुखमा केही न केही आर्थिक सहायता हुने लक्ष्य लिइएको बताउनु भयो । त्यस्तै महासचिव भिम श्रेष्ठले पनि व्यवसायीहरुका रहेक अप्ठ्याराहरुमा संघले यस्ता रचनात्मक कार्यहरु गर्दै जाने बताउनु भयो । महानगरको नीति अनुरुप विस्थापित भएका ९ ओटा दोहोरी साँझ संचालकहरुलाई उक्त सहायता रकम प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs