संस्कार समाजको अभियान निरन्तर छ : अध्यक्ष गुरुङ

  • कालिका खवर
  • शनिबार, अशोज १५, २०७९
  • काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले चाडपर्वको समयमा महामारीको रुपमा फैलिदै गएको डेंगु रोगका विरुद्धमा सबैले सचेतना अपनाउन आग्रह गर्नु भएको छ ।

    गत शुक्रबार संस्थाका तर्फबाट गोगंबु आवाससमा रहेको आफ्नो घरको वारिपारी डेंगु नियन्त्रणका लागि औषधी छर्किदै, संस्कार समाज नेपालका सबै अभियन्ताहरुलाई आफ्नो स्थानबाट महामारी विरुद्ध लाग्न आग्रह गर्नु भयो । संस्कार समाज नेपालको अभियान भनेको निदाउदा बाहेकको अभियान हो भन्दै अध्यक्ष गुरुङले लामोसमयदेखि कोभिड महामारीसँग जुधिरहेको अवस्थामा नेपालीहरुलाई डेंगुले सताइरहेकोप्रति दुःख व्यक्तसमेत गर्नु भयो ।

    अध्यक्ष गुरुङले चाडपर्वको समय भएकोले आफ्नो कार्यक्षेत्रबाट गाउँघर जानु भएका तथा विदा नपाएर कार्यक्षेत्रमै रहनु भएकाहरु सबैलाई लक्षित गर्दै जो जहाँ भए पनि आफ्नो दैनिकीमा सजगता अपनाउदै महामारी विरुद्ध लाग्दै चाडपर्व मनाउन आग्रह गर्नु भयो । महामारी नियन्त्रण हामी आफैले गर्न सक्छौं भन्दै गुरुङले आफ्नो वस्ती वरिपरी सरसफाईमा ध्यान दिन, पानी जम्न नदिन, औषधी छर्किएर महामारी निर्मूल पार्न आग्रह गर्नु भयो ।

    नेपालीहरुको महान पर्व वडा दशैं, शुभ दिपावली, छठ तथा नेपाल सम्वत्को सबैलाई शुभकामना दिदै अध्यक्ष गुरुङले संस्कार समाज नेपालको अभियान निरन्तर जारी रहेकोसमेत बताउनु भयो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs