उत्तर कोरियाले जापानमाथि गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

  • कालिका खवर
  • मङ्लबार, अशोज १८, २०७९
  • उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ ।

    सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो ।

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs