५ सय करोड भारूमा बनेको फिल्मको टिजर बन्यो ‘ट्रोल

  • कालिका खवर
  • मङ्लबार, अशोज १८, २०७९
  • भारतीय अभिनेता प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को टिजर आइतबार सार्वजनिक भएको छ।

    हिन्दी र तेलेगु भाषामा छायांकन हुने आदिपुरुष ओम राउतले निर्देशन गरेका हुन्। पछि यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत उपलब्ध हुने बलिउड हंगामाले जनाएको छ। यसमा कृति सेननको पनि मुख्य भूमिका छ।

    आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।

    आइतबार सार्वजनिक भएको एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको।

    आदिपुरुष करिब ५ सय करोड भारूमा बनिरहेको फिल्म भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर यति महँगो बजेटको यो फिल्मको टिजरले प्रशंसाभन्दा धेरै आलोचना खेप्नुपरेको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs